ई–आर्थिक, काठमाडौं । सर्लाहीमा फेरि गोली चलेको छ । राजमार्ग अवरोध गरेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर उक्त घटनामा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको लालबन्दीमा चलेको गोली चलेको थियो । अज्ञात मान्छेको चलाएको उक्त गोलीले एक श्रमिक घाइते भएका छन् ।
हिजो शनिबार दिउँसो साढे १२ बजे वडा नं. १ नवलपुरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोही वडा बस्ने ३० वर्षिय जयनाथ महतो घाईते भएका छन । गोली लाग्दा महतो सोही वडामा मन्दिर निर्माणको काम गरिरहेका थिए । नम्बर नखुलेको मोटरसाइकलमा दुई जना सवार व्यक्तिले गोली चलाएका थिए । गोलीले महतोको दाहिने हातको पाखुरामा लागेको थियो ।
त्यसैगरी जिल्लाको ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर आइतबार आक्रोशितहरुले राजमार्गमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई राजमार्गबाट हटाउने प्रयास गर्दा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको गोली लागेर स्थानीय युवा करिब २६ वर्षका सत्यनारायण महतोको मृत्यु भएको हो ।
राजमार्ग खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा लिन नसक्दा बाध्य भएर प्रहरीले हवाई फायर गरेको प्रहरीले जनायो ।
खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले राजमार्ग नै अवरोध गरेपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेडको अवस्था आउँदा अप्रिय घटना भएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको अवस्था तनावग्रस्त रहेको बुझिएको छ ।