ई–आर्थिक, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सिमरा, बारामा सम्पन्न भएको छ ।
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।
यो इन्स्योरेन्सले निर्जीवन बीमाको कारोबार गर्दै आएको छ ।