२०८३ साउन ९ शनिबार

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

ई आर्थिक    बुधबार, असार ११ २०७६
5.8K
Shares
वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा

ई–आर्थिक, काठमाडौं । परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । वानप्लस ७ प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् । वानप्लस ७ प्रोले छोटो अवधिमा नेपाली बजारमा लोकप्रियता कमाउन सफल भएको छ ।

वानप्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पु¥याउने उद्देश्यले कुनै पनि वानप्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ । साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्स्योरेन्स सुविधाको व्यवस्था समेत रहेको छ ।

वानप्लसले कम लागतमा खरिदपछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ । यो सबै सेवा पाउँनका लागि तपाईंले भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ । वानप्लस ७ प्रो देशभर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij