२०८३ साउन १० आइतबार

कपडा पसलमा भीषण आगलागी, पाँच करोडबराबरको क्षति

ई आर्थिक    शुक्रबार, असार ६ २०७६
2.6K
Shares
कपडा पसलमा भीषण आगलागी, पाँच करोडबराबरको क्षति

दमक । यहाँको एक थोक कपडा पसलमा गए राति आगलागी हँुदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आउनुभएको बिएण्डबी सप्लायर्स होलसेल पसलमा गए राति १२ बजेतिर अचानक आगलागी हुँदा रु पाँच करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । विद्युत् चुहिएर पसलमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।

आगलागीका कारण उक्त पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी करीब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij