ई–आर्थिक, ३ असार, काठमाडौं । चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर उक्त विद्येयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएकी हुन । उक्त विद्येयक राष्ट्रियसभामा दर्ता भएर बसेको थियो ।
विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले जानकारी दिइन ।