२०८३ साउन १० आइतबार

प्राइम बैंकले कन्काईलाई प्राप्ती गर्ने

ई आर्थिक    शुक्रबार, जेष्ठ २४ २०७६
6.4K
Shares
प्राइम बैंकले कन्काईलाई प्राप्ती गर्ने

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंकलाई प्राप्ती (एक्विजिसन) गर्ने भएको छ । कन्काई विकास बैंक दमक–६, थाना रोड, झापा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था हो ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

नियमनकारी निकाय, नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काई विकास बैंक लिमिटेडलाई एक्विजिसन गर्न सहमति जनाइएको हो ।

कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा शाखा सञ्जालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ ।

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको प्राइम बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij