ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुबाट संध्याकालिन काउण्टर तथा होलिडे काउण्टर सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गको माग तथा सुविधालाई मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरुमा संन्ध्याकालिन काउण्टर तथा होलीडे काउन्टरको सुविधाहरु थप गरिएको बैंकले जानकारी दिएको छ ।
सोही बमोजिम बैंकले आप्mना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ ।
थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका सन्ध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ वटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
सार्वजनिक विदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरिएको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट बिहान १० बजे देखि ३ बजे सम्म ग्राहकवर्गको निम्ति बैंकिङ सेवा खुल्ला रहेको पनि बैंकले जनाएको छ ।
यस्तो छ सन्ध्याकालिन काउण्टर रहने शाखा कार्यालयहरुको तालिका
सि.नं. शाखा कार्यालय
१. वालुवाटार, काठमाण्डौ
२. वानेश्वर, काठमाण्डौ
३. कुमारीपाटी, ललितपुर
४. ठिमी, भक्तपुर
५. बिरौटा, पोखरा
६. वुटवल, रुपन्देही
७. नारायणगढ, चितवन
८. लमही, दाङ्ग
९. कोहलपुर, बाँके
१०. गुलरिया, बर्दिया
११. घोराही, दाङ्ग
१२. अत्तरिया, कैलाली
१३. धनगढी, कैलाली
संध्याकालिन काउण्टर खुल्ने समय
याम वार समय अवधि
जाडो (कार्तिक १६ – माघ १५) आइतवार – बिहीवार साँझ ४ः०० – ५ः३० बजे १.५ घण्टा
अन्य (माघ १६ – कार्तिक १५) आइतवार – बिहीवार साँझ ४ः३० – ६ः०० बजे १.५ घण्टा
होलिडे काउण्टर रहने शाखा कार्यालयहरु र समय
सि.नं शाखा कार्यालय समय अवधि
१. वालुवाटार, काठमाण्डौ १ः०० – ३ः०० बजे २ घण्टा
२. वानेश्वर, काठमाण्डौ १०ः०० – १२ः०० बजे २ घण्टा
३. कुमारीपाटी, ललितपुर १२ः०० – २ः०० बजे २ घण्टा
४. ठिमी, भक्तपुर ११ः०० – १ः०० बजे २ घण्टा
५. बिरौटा, पोखरा १ः०० – ३ः०० बजे २ घण्टा
६. वुटवल, रुपन्देही ११ः०० – १ः०० बजे २ घण्टा
७. नारायणगढ, चितवन ११ः०० – १ः०० बजे २ घण्टा
८. घोराही, दाङ्ग ११ः०० – १ः०० बजे २ घण्टा
९. गुलरिया, बर्दिया ११ः०० – १ः०० बजे २ घण्टा
१०. अत्तरिया, कैलाली १ः०० – ३ः०० बजे २ घण्टा
११. धनगढी, कैलाली ११ः०० – १ः०० बजे २ घण्टा
१२. साँफे बगर, अछाम ११ः०० – १ः०० बजे २ घण्टा
१३. खलंगा, दार्चुला ११ः०० – १ः०० बजे २ घण्टा
हाल संचालनमा रहेका होलिडे काउण्टर
सि.नं शाखा कार्यालय खुुल्ने समय कैफीयत
१. न्युरोड पोखरा शाखा ११ः०० – १ः०० बजे
२. नेपालगंज शाखा ११ः०० – १ः०० बजे
३. सुर्खेत शाखा ११ः०० – १ः०० बजे
४. कोहलपुर शाखा १०ः०० – १२ः०० बजे खुल्ने समय परिबर्तन गरिएको
५. लमही शाखा ११ः०० – १ः०० बजे
६. त्रिभुवनचोेक शाखा १ः०० – ३ः०० बजे खुल्ने समय परिबर्तन गरिएको
७. खजुरा शाखा ११ः०० – १ः०० बजे
८. न्युरोड काठमाडौ शाखा ११ः०० – १ः०० बजे