२०८३ साउन ९ शनिबार

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको बल्खु र लमहीमा

ई आर्थिक    सोमबार, जेष्ठ २० २०७६
12.7K
Shares
प्रभु बैंकको नयाँ शाखा काठमाडौंको बल्खु र लमहीमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बल्खुमा र दाङको लमही नगरपालिकामा शाखा विस्तार गरी सेवा सुरू गरेको हो । काठमाडौंको बल्खुस्थित बल्खुस्थित शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहका विच समुद्घाटन गरेका थिए ।

त्यसैगरी दाङ जिल्लाको लमही शाखाको लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी.ले एक समारोहका विच उद्घाटन गरेका थिए ।

बैंकको शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको प्रमुख अतिथिहरूले जानकारी दिए ।

प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताएको छ ।

बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेको थियो ।

यी शाखाहरु समेत गरी बंैकले हालसम्म १८२ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

बैंकका बल्खु शाखा र लमही शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij