२०८३ साउन १० आइतबार

प्रभु बैंकको नयाँ शाखा साफेबगरमा

ई आर्थिक    आइतबार, जेष्ठ १९ २०७६
4.6K
Shares
प्रभु बैंकको नयाँ शाखा साफेबगरमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा आज नयाँ शाखा सञ्चालनमा ल्याएको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले एक समारोहका उक्त शाखाको उद्घाटन गरेका थिए ।

उक्त शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ अछामका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै आप्mनो गुणस्तरीय सेवा विस्तार गर्दै आएकोमा साँफेबगरमा समेत बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।

बैंकको साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij