ई–आर्थिक, काठमाडौं : अमेरिकाको भर्जिनियास्थित बीच सिटीमा भएको गोलिकाण्डमा ११ जनाले ज्यान गुमाएका छन् । एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा एक प्रहरी सहित अन्य छ जना घाइते छन्।
शुक्रबार साँझ ४ बजेतिर चलेको उक्त गोली भर्जिनिया बीच सिटीका कर्मचारीले नै चलाएको प्रहरीले जानकारी दिएको छ । त्यहाँ स्थित सरकारी भवनमा उनले अन्धाधुन्धु गोली चलाएका थिए ।
गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जानकारी दिएको छ। उक्त गोली प्रहार गर्ने सन्दिग्ध व्यक्तिको पहिचान भने प्रहरीले खुलाएको छैन । उक्त कर्मचारीले गोली किन चयाए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।