२०८३ साउन १२ मंगलबार

बजेटले जनताको अपेक्षालाई सम्बोधन गरेको अर्थमन्त्री खतिवडाको दाबी

ई आर्थिक    शुक्रबार, जेष्ठ १७ २०७६
3.2K
Shares
बजेटले जनताको अपेक्षालाई सम्बोधन गरेको अर्थमन्त्री खतिवडाको दाबी

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहितको संयुक्त पत्रकार सम्मेलनमा सो दाबी गरेका हुन ।

अर्थमन्त्री खतिवडाले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको पनि प्रष्ट पारेका छन् ।

पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री खतिवडाले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका समस्या समाधानमा जोड दिइएको बताए । जनताको दीर्घकालीन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि उनले स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले बजेटले आगामी आर्थिक वर्ष भित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अर्ब बजेटको व्यवस्था गरेको पनि स्मरण गराए । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पु¥याएको बताए ।

अर्थमन्त्री खतिवडाले बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको पनि बताए। गरिव र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको पनि अर्थमन्त्री खतिवडाले बताए ।

बजेटमा राज्यले संरक्षण गर्नुपर्ने जेष्ठ नागरिक, अपांग नागरिक, एकल महिलाहरुलाई दिईदै आएको भत्ता एक हजारका दरले वृद्धि गरिएको छ। अर्थमन्त्री खतिवडाले राज्यले संरक्षण गर्नुपर्ने नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दिईदै आएको भत्तामा वृद्धि गरिएको पनि बताए ।

युवा परिचालन, महिला हिंसा अन्त्य लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको छ। अर्थमन्त्री खतिवडाले कृषिलाई आधुनिकीकरण गर्न कृषि कर्जाको पनि व्यवस्था बजेटमा गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij