२०८३ साउन ९ शनिबार

प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वास नगरपालिकामा

ई आर्थिक    बुधबार, जेष्ठ १५ २०७६
13K
Shares
प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वास नगरपालिकामा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले कञ्चनपुरको पुनर्वासमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए ।

आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका उक्त शाखा खोलिएको बैंकले जानकारी दिएको छ ।

उक्त शाखा उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास न.पा.का नगर प्रमुख जीवनराज थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको उनले बताए ।

यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

बैंकको पुनर्वास शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij