ई–आर्थिक, काठमाडौं । सिभिल बैंकले झापामा एकैसाथ दुई शाखा थपेको छ । बैंकले झापाको अर्जुनधारा र सुरुङ्गामा शाखा थप गरी सेवा सञ्चालनमा ल्याएको छ ।
थप यी दुई शाखासँगै बैंकको शाखा संख्या ७५ पुगेको छ ।
अर्जुनधारा शाखाको उद्घाटन अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका थिए भने सुरुङ्गा शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।
कार्यक्रममा बोल्दै मगरले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । बैंकको शाखा विस्तार हुँदा वित्तीय साक्षरताको अभिवृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धी आउने उनले बताए ।
हालसम्म बैंकले आफ्ना सबै शाखा कार्यलयमार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ।