१२ जेठ २०७६, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।
बैंकले आज एक सूचनामार्फत यही जेठ १४ गते मङ्गलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न लागेको हो।
बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन्।
ऋणपत्र धितोमा राखी ऋण लिन वा दिनसमेत पाइने केन्द्रीय बैंकले जनाएको छ।ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्ने देखिएको छ।
बैंकका अनुसार घटीमा पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।