ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ ।
बैंकले आफ्नो २५औं वर्षमा प्रवेश गरेको अवसरमा जोशीलाई सो अभिनन्दन गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेशपाध्यायले संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा जोशीले गरेका अनुकरणीय योगदानको कदर गर्दै सम्मानपत्र तथा १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले शुभकामना दिँदै ग्राहक, नियामक निकाय तथा सेयरधनीहरूको विश्वास, सद्भाव र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए ।
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत लामिछानेले काठमाडौं महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख शिव घिमिरेलगायतलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरिएका थिए।