२०८३ साउन १० आइतबार

विवादमा व्यवसायी अजेयराज सुमार्गी, तिर्लान त ४ अर्ब ३२ करोड पूँजीगत लाभकर ?

ई आर्थिक    मंगलबार, जेष्ठ ७ २०७६
18.6K
Shares
विवादमा व्यवसायी अजेयराज सुमार्गी, तिर्लान त ४ अर्ब ३२ करोड पूँजीगत लाभकर ?

ई–आर्थिक, काठमाडौं । नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर पुँजीगत लाभ कर तिर्नु पर्ने भएको छ ।

व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त स्याटेलाइट टेलिकमले सेयर टेलिया सोनेरालाई बिक्री गर्दा पूँजीगत लाभ वापतको कर छलेका थियो ।

उनको कम्पनीको कर निर्धारण र निर्धारण भएको कर असुलीमा उनले नगरेको ‘रेस्पोन्स’ ले उनी फेरि विवादमा तानिएका छन् ।

७ वर्ष अघिको कारोबारलाई आन्तरिक राजश्व विभागले हाल अन्तिम कर निर्धारण गरेर सूचना जारी गरेको छ ।
आन्तरिक राजश्व कार्यालयले अन्तिम कर निर्धारण गरेर रकम भुक्तानी गर्न आग्रह गर्दै आएको छ । सो कार्यालयले इमेल र हुलाकमार्फत पत्राचार गर्दा कम्पनीले पत्र बुझ्न अस्वीकार गरेको आन्तरिक राजस्व कार्यालय बानेश्वर स्रोतले जाकारी दिएको छ ।

यो कम्पनीको ७५ प्रतिशत स्वामित्व टेलियासोनेराले ५ अर्ब ७१ करोड रुपैयाँमा किन्दा पुँजीगत लाभकर छलिएको थियो ।

त्यसपछि टेलियाले मेसियन कम्पनी एजियटालाई एनसेल बेच्दा पनि सो घटना दोहोरिएको थियो, जुनसम्बन्धी मुद्दा हाल पनि सर्बोच्चमा विचाराधीन अवस्थामा छ ।

आयकर ऐन अनुसार कारोबारको २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था अनुरुप गएको ११ वैशाखमा आन्तरिक राजस्व कार्यालयले अन्तिम कर निर्धारण गरेको थियो । १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ लाभ कर निर्धारण भएकोमा ब्याज र हर्जना समेत जोड्दा ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

कार्यालयले असुल गर्नु नपर्ने ठोस प्रमाण भए पेस गर्न पनि भनिरहेको छ । तर पनि कम्पनीले बेवास्ता गरिरहेको आन्तरिक राजश्व कार्यालयले जानकारी दिएको छ । अन्तिम कर निर्धारण गरेको विषयमा कार्यालयले विभागलाई जानकारी दिएको छ । विभागमार्फत भएका प्रयासहरू पनि सफल नभए पछि कार्यालयले नयाँ सूचना जारी गरेको हो ।
स्याटेलाइट टेलिकम कम्पनीले हाल ‘हेल्लो नेपाल’ नामक मोबाइल सेवा दिइरहेको छ ।

कम्पनीका सञ्चालक सुमार्गी सरकारको नतृत्वमा रहेका शक्तिशाली व्यक्तिसँग राम्रो पहुँच राख्छन् । यसबीचमा निर्धारण भएको यति ठूलो रकम असुल्न राजश्व कार्यालय कत्तिको सफल हुन्छ भन्ने विषय प्रतिक्षाको विषय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij