२०८३ साउन ९ शनिबार

प्राइम छाडेको ओमलाई एनएमबि बैंकले गाभ्ने

ई आर्थिक    शुक्रबार, जेष्ठ ३ २०७६
3.8K
Shares
प्राइम छाडेको ओमलाई एनएमबि बैंकले गाभ्ने

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकसँग मर्जर तोडेको ओम डेभलपमेन्टलाई एनएमबी बैंक गाभ्ने भएको छ । सो सम्बन्धि संझौतामा एनएमबी र ओमका मर्जर समिति संयोजकहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

एनएमबीले प्रति शेयर ७५ रुपैयाँको अनुपातमा ओमलाई गाभ्ने सहमति गरेको हो ।

अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ । त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ नाघ्नेछ । त्यसैगरी ऋण लगानी पनि एक खर्ब १२ अर्ब रुपैयाँ नाघ्ने बैंकले जानकारी दिएको छ ।

एनएमबीमा गाभिएपछि ओम डेभलपमेन्ट बैंकको नयाँ बैंकमा शेयर हिस्सा १६.३९ प्रतिशत हुनेछ । त्यस्तै एनएमबी बैंकको ८३.६० प्रतिशत कायम रहनेछ । हाल एनएमबी बैंकको २० प्रतिशत शेयर नेदरल्याण्ड–एफएमओको रहेको छ। ओम गाभिएसँगै एफएमओको शेयर स्वामित्व घट्ने छ। त्यसैगरी यही अनुपातमा सञ्चालक समितिमा प्रतिनिधित्व गरिने छ।

हाल एनएमबी बैंकको शाखा कार्यालय ११० वटा र ओमको ५३ वटा रहेको छ। मर्ज पछि बैंकको शाखा संख्या १६३ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij