ई–आर्थिक, काठमाडौं । काठमाडौंमा नेपाल–भारत लगानी एक्स्पो आयोजना हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाईँज कम्पनीको संयुक्त आयोजनामा जेष्ठ १ गतेदेखि सो एक्स्पो सूरु हुने भएको हो। काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा २ दिनसम्म सो एक्स्पो आयोजना हुनेछ।
नेपालमा वैदेशिक लगानी भित्रयाउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन ।
महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सो एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको पनि जनाएको छ।
एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिनेछन्। एक्स्पोमा नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।