२०८३ साउन १२ मंगलबार

पोखराको चिप्लेढुंगामा देबेन्द्र स्पोर्टस्को शोरूम, ब्राण्डेड सामान एकै छानाबाट पाइने

ई आर्थिक    मंगलबार, बैशाख ३१ २०७६
11.2K
Shares
पोखराको चिप्लेढुंगामा देबेन्द्र स्पोर्टस्को शोरूम, ब्राण्डेड सामान एकै छानाबाट पाइने

ई–आर्थिक, पोखरा । एकै छानामुनी सस्तोमा सम्पूर्ण खेलकुद सामाग्री होलसेल मूल्यमा उपलब्ध गराउने उद्देश्यले पोखराको चिप्लेढुंगामा देबेन्द्र स्पोर्टस् सञ्चालनमा आएको छ । उक्त शोरूमको उद्घाटन पोखराका मेयर मानबहादुर जि.सी. तथा महिला भलिबल खेलाडी मञ्जु गुरूङले संयुक्तरूपमा गरेका थिए ।

व्यवसायिकरूपमा ख्याति कमाएको स्काई ब्राण्डस् नेपालको सहकार्यमा उक्त शोरूम सञ्चालनमा ल्याइएको होे । स्काई ब्राण्डस् नेपाल खेल सामाग्री तथा खेलसँग सम्बन्धित संस्था स्थापना तथा सञ्चालनमा नेपालको अग्रणी संस्था हो ।

स्पोर्टस्सँग सम्बन्धित सबै किसिमका खेल्ने र खेल खेल्दा लगाउने सामाग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले सो पसल सञ्चालनमा ल्याएको स्काई ब्राण्ड्स नेपालका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

पोखरामा चिप्लेढुंगामा खोलिएको यो शोरूमबाट लक्षित बर्गहरू लाभान्वित हुने विश्वास देबेन्द्र स्पोर्टस्ले लिएको छ । यो शोरूमले पसल, विद्यालय र खेलप्रेमीहरूलाई लक्षित गरी सेवा सुरू गरेको हो । सो शोरूमबाट खुद्रामा समेत सस्तो मूल्यमा सामानहरु खरिद गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

सो शोरूममा कम मूल्य देखि अन्तर्राष्ट्रियस्तरका सबै ब्राण्डेड सामानहरु उपलब्ध रहेका छन् । सो शोरूमबाट स्पोर्टस्मा चलेका सबै खाले ब्राण्डका सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने प्रबन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए । सबै खेल र सबै खेलमा लगाउने गुणस्तरीय सामाग्री एउटै छानामुनि पाइनु यो शोरूमको मूख्य विशेषता रहेको उनले जानकारी दिए ।

स्पोर्टस्सँग सम्बन्धित सबैखाले सामाग्री एउटै छाना मुनी पाइने भएपछि ग्राहकहरूको समयको बचतका साथै सामान खोज्न चारैतिर भौतारिने पर्ने झण्झटबाट पोखरेलीहरूलाई यस शोरूमले मुक्त गरिदिने उनको भनाई छ ।

यो शोरूमको एउटै छानामुनीबाट स्पोर्टस् सुज, जर्सी, खेल खेल्दा लगाउने जर्सी, ज्याकेट, टिसर्ट, ट्रफी, म्यूजिकल इन्स्ट्रमेन्टलगायत सबै किसिमका खेल सामाग्रीहरु उपलब्ध हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij