२०८३ साउन ९ शनिबार

सादा पोशाकमा महिला प्रहरी छ्याप्छ्याप्ती, यौन व्यवसायमा संलग्न १ सय २५ जना पक्राउ

ई आर्थिक    मंगलबार, बैशाख ३१ २०७६
6.2K
Shares
सादा पोशाकमा महिला प्रहरी छ्याप्छ्याप्ती, यौन व्यवसायमा संलग्न १ सय २५ जना पक्राउ

ई–आर्थिक, काठमाडौं : नेपाल प्रहरीले काठमाडौंका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिँदै ‘काठमाडौँमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो’, भने ।

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij