२०८३ साउन १० आइतबार

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको नयाँ उत्पादन रेड रसियन नेपाली बजारमा

ई आर्थिक    आइतबार, बैशाख २९ २०७६
4.4K
Shares
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको नयाँ उत्पादन रेड रसियन नेपाली बजारमा

ई–आर्थिक, काठमाडौं । जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले हाल आफ्नो नयाँ उत्पादन रेड रसियनलाई नेपाली बजारमा विक्री वितरण सुरू गरेकोे छ । रेड रसियन अत्याधुनिक रुसी प्रविधिद्वारा शुद्ध हिमालयन पानी र उच्चस्तरीय पदार्थहरुको समिश्रणबाट बनेको क्लीयर स्प्रीट्स हो ।

उक्त रेड रसियनको स्वाद उत्कृष्ट रहेको दाबी गर्दै कम्पनीले यो शुद्ध र सर्वश्रेष्ठ पदार्थहरु प्रयोग गरी अत्याधुनिक रुसी डिस्टीलेशन, फर्मेन्टेसन र फिल्टरेशन प्रविधिद्वारा उत्पादन गरिएको जानकारी दिएको छ ।
यसलाई निट तथा विभिन्न ककटेलको रुपमा पिउन सकिने पनि कम्पनीले जनाएको छ ।

क्लीयर स्प्रीट्सको पारखीहरुको मागलाई ध्यानमा राखेर उक्त पेयको उत्पादन गरिएको हो कम्पनीले जानकारी दिएको छ । यो स्वाद र समिश्रणको एक अनुपम उदाहरण पनि भएको जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले जानकारी दिए ।

‘क्लीयर स्प्रीट्स विश्वकै एक अति लोकप्रिय पेयहरुमा पर्दछ र हामी यस्ता गुण्स्तरीय उत्पादनहरु बजारमा प्रस्तुत गर्दै आउने छौं । ब्लेन्डिङ्ग एक कला हो र यसमा हामी दक्ष छौं । रेड रसियनले उपभोक्तालाई गुण्स्तर, स्वाद र मूल्यमा पनि पूर्ण सन्तुष्टि दिने विश्वास लिएका छौं ।’ उनले भने ।

जावलाखेल ग्रुप अफ् इन्डष्ट्रिजले आफ्ना उत्पादनहरुमा उच्च मापदण्ड निर्धारण गरेको छ र सोही परम्परालाई अगाडी बढाउदै १२ पटक फिल्टर गरी अत्याधुनिक रसियन प्रविधिद्वारा रेड रसियनको उत्पादन गरिएको जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका ग्रुपका कार्यकारी निर्देशक शसिन जोशीले जानकारी दिए ।

यो रेड रेड रसियन हाल बजारमा ७५० मिलिको १ हजार ३७५ मि. लि. को ५ सय र १८० मिलीको १८० रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij