२०८३ साउन ९ शनिबार

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा ढकाल

ई आर्थिक    आइतबार, बैशाख २९ २०७६
11.4K
Shares
डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा ढकाल

ई–आर्थिक, काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा गोविन्दप्रसाद ढकाल सर्वसम्मतीले चयन भएका छन । उनी गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत हुन ।

एशोसियसनको काठमाडौमा सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले ढकालको अध्यक्षतामा नयाँ कार्य चयन गरेको हो ।

एसोसिएसनको प्रथम उपाध्यक्ष प्रद्युमन पोखरेल, द्धितिय उपाध्यक्ष रेशम बहादुर थापा, महासचिव मनोजकुमार ज्ञवाली, सचिव प्रदिपकुमार श्रेष्ठ र कोषाध्यक्षमा सुयोग श्रेष्ठ चयन भएका छन । त्यसैगरी सदस्यतर्फ क्रमशः रमेशप्रसाद जोशी, नरेशसिंह बोहरा, विरुराम जैसी, प्रविन वस्नेत र नविन सुवेदी चयन भएका छन ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन । सो साधारणसभाले आव २०७४/०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव २०७५/०७६ को अनुमानिस आय ब्याय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा २९ विकास बैँकहरु मध्ये २५ सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij