ई–आर्थिक, काठमाडौं । प्रभु बैंकले धनगढीको हसनपुरस्थित गोवर ग्याँस चोकमा काउण्टर स्थापना गरेको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले एक समारोहका विच बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि जोशीले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराउनुहुँदै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताए ।
हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधि बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुने विश्वास बैंकले लिएको छ । त्यसैगरी श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने पनि बैंकले विश्वास लिएको छ ।