ई–आर्थिक, काठमाडौं । सोलुखुम्बुको लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा समिट एयरको विमान दुर्घटनाग्रस्त भएको छ । समिट एयरको उक्त जहाज उडाउने क्रममा चिप्लिएर मनाङ र श्री एयरको हेलिकप्टरसँग ठोक्किदा दुर्घटना भएको थियो ।
उक्त जहाज रामेछापका लागि उडान भर्ने क्रममा उड्न लागेको थियो । विमान ठोक्किने वित्तिकै आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विमानमा क्याप्टेन रवीन्द्र रोकाया, कोपाइलट श्रवण खड्का र एयर विमान परिचारिका मात्र थिए । क्याप्टेन रोकाया र एयर होस्टेज पनि घाइते छन् ।
घाइतेहरूलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।
नयाँ बर्षको पहिलो दिनमै दुखद् दुर्घटना भएको छ । संभवत देशमा भएको आजको यो नै पहिलो र ठूलो दुखद् घटना हो ।