२०८३ साउन १० आइतबार

एन आई सी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता

ई आर्थिक    शुक्रबार, चैत्र २९ २०७५
4.6K
Shares
एन आई सी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता

ई–आर्थिक, काठमाडौं । उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पु¥याउदै आईरहेको छ । यसै क्रममा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्ध सँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको छ ।

२०७६ वैशाख १ गते देखी लागू हुने उक्त बचत खाता खोल्नु हुने प्राकृतिक व्यक्तिहरुलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरिदिने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ ।

करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij