२०८३ साउन १० आइतबार

सरकारी जग्गा खरिद प्रकरण : विष्णु पौडेल ठगिएको मन्त्री बाँस्कोटाको टिप्पणी

ई आर्थिक    बिहिबार, चैत्र २८ २०७५
8.6K
Shares
सरकारी जग्गा खरिद प्रकरण : विष्णु पौडेल ठगिएको मन्त्री बाँस्कोटाको टिप्पणी

ई–आर्थिक, २८ चैत्र २०७५, काठमाडौं । सरकारी जग्गा खरिद प्रकरणमा नेकपाका महासचिब विष्णु पौडेल ठगिएको टिप्पणी एक मन्त्रीले गरेका छन्। बालुवाटारमा आजोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सो कुरा बताएका हुन ।

बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका पार्टी महासचिव पौडेल पीडक नभई पीडित भएको जिकिर गरे ।
सक्कली जग्गा भनेर किनेको नक्कली परेको उनको भनाई छ । उक्त कुरा महासचिव पौडेलले एक विज्ञप्ती नै प्रकाशित गरिसकेका छन् ।

‘महासचिव पौडेलले त जग्गा खरिद पो गुर्नुभएको हो, उहाँ अपराधि होइन्, पीडक होइन्, उहाँ त पीडित हो’, उनले भने, ‘उहाँले त जग्गा किन्नु भोे, जग्गा परेछ नक्कली।’

सरकारी जग्गा खरिदमा विष्णु पौडेलको संलग्नता छैन भन्दै मन्त्री बास्कोटाले अन्य व्यक्ति संलग्न भएको भन्दै सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताए।

सरकारले सो जग्गा रोक्का अगाडि बढाइसकेको उनको भनाइ थियो। उनले पौडेलसँगै अरुले पनि जग्गा किनेको र जग्गा किन्नेहरु पीडित भएका कारण बेच्नेबाट क्षतिपूर्ति पाउनुपर्ने बताए । उनले सबैभन्दा पहिला जसको नामबाट जग्गा निजीकरण भएको हो उसैबाट अनुसन्धान अगाडि बढाउनुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij