ई–आर्थिक, काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको हालै सम्पन्न निर्वाचनमा महासचिवमा काँग्रेस निकट उम्मेद्वार लीलामणि पौडेल बाहेक अधिकांश पदमा बामपन्थी प्यानले जित हासिल गरेकोे छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा वामपन्थी प्यानलका उम्मेदवार चण्डेश्वर श्रेष्ठ सहित अन्य पदहरुमा जित हासिल गरेको हो । तर निर्वाचन समितिले यसको औपचारिक घोषणा भने बाँकी रहेको छ ।
बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई उछिनेर विजयी भएका हुन ।
मत परिणाम अनुसार अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका छन् ।