ई–आर्थिक, काठमाडौं । ओरेन्टल सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी सुधीर बस्नेत फेरि पक्राउ परेका छन् । पटक–पटक पक्राउ परी जेल जिवन समेत व्यतित गरिसकेको व्यवसायी बस्नेतलाई आज काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो । बस्नेतको पक्राउ बारे प्रहरीले पुष्टि गरेको छ ।
पक्राउ परेका बस्नेतलाई अब कानुन अनुसार कारवाही हुने भएको छ । ठगी अभियोगमा बस्नेत बिरुद्ध प्रहरीमा धेरै उजुरी रहेका छन् ।
यसैबीच समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतका सम्पूर्ण सम्पति कब्जा गरेर लिलामी प्रक्रियाबाट बिक्री गरि पीडितको पैसा फिर्ता गर्ने भन्दै विज्ञप्ती जारी गरेकोे छ ।
समितिको विज्ञप्ति आएपछि ओरेन्टल को–अपरेटिभ पीडित समितिले बस्नेत सम्पत्ति लिलामीमा लगे कडा आन्दोलन गर्ने चेतावनी दिइरहेको समयमा समितिको विज्ञप्ती आएको हो । समिति स्रोतका अनुसार बस्नेतले १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।