२०८३ साउन ९ शनिबार

विप्लव नेकपा राजनीतिक प्रतिवन्ध प्रकरण : १० विद्यार्थी संगठनले प्रतिबन्ध हटाउन माग

ई आर्थिक    आइतबार, चैत्र ३ २०७५
2.5K
Shares
विप्लव नेकपा राजनीतिक प्रतिवन्ध प्रकरण : १० विद्यार्थी संगठनले प्रतिबन्ध हटाउन माग

ई–आर्थिक, काठमाडौँ : सरकारलाई साना १० विद्यार्थी सङ्गठनले राजनीतिक समस्यालाई राजनीतिक तवरबाट नै समाधान गर्न माग गरेका छन् ।

अखिल (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौँ), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरमलगायत १० विद्यार्थी सङ्गठनको आज बसेको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा रोक लगाउने विषयलाई राजनीतिकरुपमा नै समाधान गर्न माग गरेको क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले जानकारी दिनुभयो ।

बैठकले प्रशासनिक तरिका नभई राजनीतिक तवरबाट समस्या समाधानको बाटो खोजी गरी गतिविधिमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नसमेत माग गरेको उहाँले जानकारी गराउनुभयो । बैठकले सरकार र नेकपालाई शान्तिपूर्ण तरिकाले वार्ता र संवादको वातावरण बनाएर समस्याको समाधान गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij