वीरगन्ज । प्रतिष्ठित औद्योगिक घराना केडिया समूहका सुरेश केडियाको अपहरणमा प्रहरीको पनि संलग्नता रहेको शुक्रबार पक्राउ परेका अभियुक्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार सार्वजनिक गरेका बेला अपहरणका मुख्य योजनाकार भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगरपरिषद् १७ बस्ने बब्लु पासवानले यस्तो बताएका हुन् ।
अपहरण गर्दा सफलता मिलोस् भनी प्रहरी प्रशासनलाई भारतीय रुपैयाँ १८ लाख (नेपाली ३० लाख) दिएको उनले खुलासा गरे । मेरो हातले दिएको त होइन । तर, मुख्य योजनाकारमध्येकै बब्लु दुबेले यसको जिम्मा लिई मिलाएको पासवानको भनाइ छ । बब्लु दुबेले पनि फिरौतीबापत लिएको १० करोडमा आफूहरूलाई भागबन्डा नदिएकाले अपहरणमा संलग्नमध्येबाट दुबेलाई जेलबाट अदालत लानेक्रममा अदालतअघि नै गोली हानी हत्या गरेको उनले दाबी गरे । केडियाको अपहरण हुनुभन्दा पाँच दिनपहिले ढुक्क भएर काम गर्न उनले भनेपछि मात्र केडियाको अपहरण गरेको पासवानले बताए । उनले यो कुरा प्रहरीले सार्वजनिक गरेको अवस्थामा माक्स लगाएकै अवस्थामा बताएका हुन् ।
तीन वर्षअघि अर्थात् २०७३ जेठ १३ गते उद्योगी केडिया बारा जिल्लाको महागढीमाई नगरपालिका–१ पसाहा पुलछेउमा बाराबाट बा१०प ७२४० नम्बरको आफ्नै गाडीमा वीरगन्जतर्फ आउँदै गरेको समयमा अपहरणमा परेका थिए । भारतीय नम्बरको सेतो स्कार्पियो लिएर हतियारसहित आएका ६ जनाले केडियालाई अपहरण गरेको पासवानले जनाए । हतियारसहित पुगेका आफूहरूले केडियाका सवारीचालक पर्साको विन्दवासिनीका उमेश साह कानु (श्याम) लाई गोली हानेको पनि पासवानले स्विकारेका छन् । केडियाका सवारीचालक श्याम सो समयमा घाइते भई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्प्तालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर भएका थिए ।
सोही घटनालाई सफल बनाउन नेपालका प्रहरी प्रशासनलाई मिलाउन भारतीय १८ लाख (नेपाली ३० लाख) बुझाएको उनले संञ्चारकर्मीमाझ बताएका हुन् । नेपालतर्फ भने यो घटना सफल बनाउन चञ्चल पाण्डे र वीरेन्द्रप्रसाद यादवलगायत चार जनाको साथ लिएको उनको
तर्क छ ।
राजधानीबाट