२०८३ साउन १० आइतबार

एमएस ग्रुपका अध्यक्ष तथा उद्योपति शिवकुमार अग्रवालको निधन, भोली शुक्रबार अन्त्यष्टि गरिने

ई आर्थिक    बिहिबार, फाल्गुन २३ २०७५
6.8K
Shares
एमएस ग्रुपका अध्यक्ष तथा उद्योपति शिवकुमार अग्रवालको निधन, भोली शुक्रबार अन्त्यष्टि गरिने

ई–आर्थिक, काठमाडौं । उद्योगी शशिकान्त अग्रवाल तथा सुमित कुमार अग्रवालकाका बुबा तथा एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । ७६ बर्षिय अग्रवालको भारतको चेन्नाईमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा नेपालस्थित नर्भिक अस्पतालमा उपचार गराइएको थियो । तर, नेपालमा उपचार सम्भव नभएपछि उनलाई चेन्नाई लगिएको थियो । चेन्नाईमा पनि उनको उपचार सफल भएन । लामो समय मुटुलगायत विभिन्न रोगबाट ग्रसित अग्रवालको उपचारका क्रममा निधन भएको हो ।

अग्रवालको शबलाई भोली शुक्रबार अन्त्यष्टि गरिने पनि पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अग्रवालले एमएस ग्रुप बनाएर धागो उद्योग, चिनी उद्योग, स्टील उद्योग र काठमाडौंमा तारे होटल समेत खोलेका थिए । उत्पादनमुलक उद्योग र सेवा मुलक उद्योगमा पायोनियर ग्रुप एमएसलाई यहाँसम्म ल्याउन अग्रवालले ठूलो योगदान गरेका छन् ।

अन्तराष्ट्रिय स्तरको ट्रेडिङ हाउस स्थापना, टेड्रिङ व्यवसाय सुरु गर्ने उद्देश्यले उनले एमएस ग्रुप बनाएका थिए । १९८१ मा टेक्सटाइल मिलको स्थपना गरेपछि ग्रुप थप मजबुत बन्यो । त्यस्तै १९८७ मा एउटा आर्किलिक स्पीनिङ मिल ग्रुपको प्रोफाइलमा जोडियो । त्यसछि विस्तार र विविधिकरणको युग सुरु भयो जुन आजसम्म पनि निरन्तर छ ।

निर्माण व्यवसाय र सेवा पनि समावेश भएको छ । स्टिल देखि कन्फेक्सनरी अथवा मिठाईका उत्पादन एमएस ग्रुपसँग सबै छ । देशको प्रमुख वित्तीय संस्था तथा बैङ्क र विमा कम्पनीमा एमएस पनि आवद्ध रहेकोे छ ।

विभिन्न क्षेत्रमा लगानी गरेको एमएस ग्रुप नेपालको अग्रणी र प्रतिष्ठित औद्योगिक घराना मध्ये एकमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij