२०८३ साउन ९ शनिबार

पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै

ई आर्थिक    बुधबार, फाल्गुन २२ २०७५
1.8K
Shares
पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै

ई–आर्थिक, काठमाडौँ : नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ ।

विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।

फ्रान्सेली कम्पनीले ४७ करोड ७२ लाख ५०० यूरोमा उक्त परिमाणको नोट छाप्ने जिम्मा पाएको छ । बैंकका अनुसार ती नयाँ नोट आगामी दशैँसम्ममा आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij