२०८३ साउन ९ शनिबार

११ अर्बको ट्रेजरी जारी हुँदै

ई आर्थिक    शुक्रबार, फाल्गुन १७ २०७५
5.1K
Shares
११ अर्बको ट्रेजरी जारी हुँदै

ई–आर्थिक, काठमाडौँ, १७ फागुन : नेपाल राष्ट्र बैंकले आइतबार रु ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ ।

यसअघि बैंकले यही फागुन १३ गते पनि रु दुई अर्ब २३ करोड बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij