२०८३ साउन ९ शनिबार

शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्दै कामपा, तीन करोड रकम उपलब्ध गराउने

ई आर्थिक    बिहिबार, फाल्गुन १६ २०७५
4.1K
Shares
शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्दै कामपा, तीन करोड रकम उपलब्ध गराउने

ई–आर्थिक, काठमाडौँ, १६ फागुन : काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, काठमाडौँबीच शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ एक कार्यक्रममा कामपाका तर्फबाट सहसचिव टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कापमा क्षेत्रभित्रको शहरी सुव्यवस्थापन, शान्तिसुरक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनीकरण, रात्रिकालीन आवागमन व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण गर्नका लागि हस्ताक्षर गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर कार्यपालिकाको गत माघ २५ गते बसेको निर्णयअनुरुप यस किसिमको कार्य गर्न लागिएको हो । आव २०७५/७६ मा स्वीकृत नीति, योजना, कार्यक्रम तथा बजेटसमेतको आधारमा कामपाले रु तीन करोड रकम उपलब्ध गराउनेछ ।

कामपाको भौगोलिक क्षेत्रभित्र सिसी क्यामरा जडान गर्ने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिनेछ । स्थानहरु यकिन गर्दा दुवै पक्षको नीति र आवश्यकताअनुसार गर्नुपर्ने सम्झौतापत्रमा भनिएको छ । क्यामेरा जडान भएसँगै यसअघि हुने गरेका घटनामा कमी ल्याउन र दोषी किटान गरी कारवाहीको प्रक्रिया अघि बढाउन सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij