२०८३ साउन ९ शनिबार

ऊर्जामन्त्रीद्वारा १३२ केभीको सवस्टेशन उद्घाटन

ई आर्थिक    शुक्रबार, फाल्गुन १० २०७५
2.6K
Shares
ऊर्जामन्त्रीद्वारा १३२ केभीको सवस्टेशन उद्घाटन

बर्दिया : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बबई, भादा र औरही नदी नियन्त्रण आयोजनामा अम्बासा नदीलाई मिलाएर बाढीबाट मुक्त बनाउन नदी तटबन्धन गर्न लागिएको उल्लेख गर्नुभयो ।

देशभरको करीब ७० वटा सवस्टेशन बन्दै गरेको र दुई हजार २०० वटा पक्की पुल बनाउनको लागि बोलपत्र आह्वान गरिसकेको मन्त्री पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij