२०८३ साउन ९ शनिबार

बाहिरी लेन निर्माण आधा सकियो 

ई आर्थिक    बुधबार, फाल्गुन ८ २०७५
2.2K
Shares
बाहिरी लेन निर्माण आधा सकियो 

काठमाडौँ, ८ फागुन : कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महीना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियोे । सडकमा आठ लेन चिनियाँ निर्माण कम्पनीले तथा दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडो काम सक्न लागिपरेका छौँ ।”

नेपाल सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नुपर्ने हुँदा केही भागमा निर्माणको काम सकिएको र केही भागमा धमाधम काम भइरहेको शर्माले बताउनुभयो । अघिल्लो वर्षसम्म सडकको आठ लेनमा निर्माण जारी रहँदा यी दुई लेनमा भने सडक छेउमा रहेका संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको थियो । उहाँका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ । उहाँले भन्नुभयो, “चालकले सर्भिस ट्र्याकबाट प्रवेश गरेर नै सहायक लेन हुँदै मुख्य लेनमा प्रवेश गर्न मिल्छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij