२०८३ साउन ९ शनिबार

डडेलधुराको नवदुर्गामा प्रभु बैंकको शाखा

ई आर्थिक    आइतबार, माघ २७ २०७५
2.4K
Shares
डडेलधुराको नवदुर्गामा प्रभु बैंकको शाखा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा बैंकको आफ्नो नबदुर्गा शाखा सञ्चालनमा ल्याएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

सो शाखाको उद्घाटन नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहका विच गर्नुभएको थियो ।

यो शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले गाउँ–गाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताउनु भयो ।

बैंकको नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij