२०८३ साउन ९ शनिबार

नेपालऔषधि लिमिटेडमा हेमोडाइलासिस फ्लुड

ई आर्थिक    शुक्रबार, माघ २५ २०७५
4.2K
Shares
नेपालऔषधि लिमिटेडमा हेमोडाइलासिस फ्लुड

काठमाडौँ : नेपाल औषधि लिमिटेडले आगामी मङ्सिरभित्र हेमोडाइलासिस कक्ष निर्माणसँगै हेमोडाइलासिस फ्लुडसमेत उत्पादन गर्ने घोषणा गरेको छ ।

सरकारी संस्थानको क्षमता अभिवृद्धि कार्यक्रम कार्यान्वयनका सिलसिलामा उक्त कक्ष निर्माणसँगै हेमोडाइलासिस फ्लुड उत्पादन गर्न सरकारले रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएपछि उक्त संस्थाले त्यस्तो घोषणा गरेको हो ।

औषधि व्यवस्था विभागकै परिसरमा मिर्गौला रोगीका निम्ति अति आवश्यक हेमोडाइलासिस कक्ष निर्माण तथा फ्लुड उत्पादन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उक्त रकमको चेक लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्रीरत्न बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले अब हेमोडाइलासिस फ्लुड उत्पादन गर्न सहज भएको छ ।

त्यस अवसरमा मन्त्री यादवले हेमोडाइलासिस फ्लुडमा मुुलुकलाई आत्मनिर्भर बनाउन लिमिटेडले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “यो औषधि निर्यात गर्ने लक्ष्यका साथ इमानदारीपूर्वक काम गर्नोस्, आयात प्रतिस्थापनमा केही योगदान गर्न सम्बद्ध पक्षबाट बेइमानी हुनुहुँदैन”, आत्मसमीक्षा र आत्मालोचना गर्दै बन्द भएको औषधि लिमिटेडलाई आर्थिकरुपमा पुनर्जीवन दिइएको तथा अब त्यो पूर्ण क्षमतामा सञ्चालन हुनुुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो ।

वाणिज्य सचिव केदारबहादुर अधिकारीले नेपाली उत्पादनले स्वदेशी बजारमा स्थान ओगट्ने गरी औषधि उत्पादन गरेर लिमिटेडले आफूलाई स्थापित गराउनुपर्ने बताउनुभयो । उद्योग सचिव यामकुमारी खतिवडाले सरकारी अनुदानको भरपुर उपयोग गरेर औषधि लिमिटेडले अब आफ्नै आयआर्जनबाट आफूलाई प्रतिस्पर्धी तुल्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij