२०८३ साउन ९ शनिबार

दूधकोशीमा बेलिब्रिज बन्ने

ई आर्थिक    बुधबार, पौस ११ २०७५
3.3K
Shares
दूधकोशीमा बेलिब्रिज बन्ने

सोलुखुम्बु, ११ पुस : जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् ।

पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन् । कोशी पारीको सावीक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल रहेको उक्त क्षेत्रमा तीन वर्ष अगाडि नै सडक सञ्जाल पुगीसकेको छ ।

गत वर्षदेखि ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको भए पनि सहज नभएको बस चालक बलराम थापा बताउनुहुन्छ । नदीमा १६ ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको थियो । “बेलिब्रिज जस्तो सहज हुँदैन,” उहाँले भन्नुभयो । पानी बग्ने सबै क्षेत्रमा ह्युमपाइप छैन । आधा पानीमै हिँड्नुपर्ने हुँदा समस्या हुने गरेको छ ।

दूधकोशीमा बेलिब्रिज निर्माण भए जिल्ला सदरमुकाम, सङ्घीय राजधानी काठमाडाँै र प्रदेश राजधानी विराटनगर आवतजावत गर्न सहज हुनेछ । कृषि उपज बजार लैजान तथा बाह्य सामग्री ल्याउन सहज हुने छ । “ह्यमुपाइप पूरै खोलामा राख्न नसक्दा सवारी साधन चलाउन निक्कै गाह्रो हुन्थ्यो,” अर्का चालक मानबहादुर घतानीले भन्नुभयो । उहाँले पक्की पुल बनाउन पहल गर्न आवश्यक रहेको बताउनुभयो । दिप्लीघाटमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारले रु ४६ लाख बजेट विनियोजन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij