काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सो सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।
बैंकका हाल बैंक ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।