२०८३ साउन ९ शनिबार

१८ वर्षमुनिकालाई डिस्को र दोहोरीमा बन्देज

ई आर्थिक    सोमबार, मंसिर १७ २०७५
3.8K
Shares
१८ वर्षमुनिकालाई डिस्को र दोहोरीमा बन्देज
टेकराज थामी, काठमाडौं : प्रहरीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाइ गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाइका साथ लागू गर्न थालेपछि काठमाडौंका मनोरञ्जनस्थल (डिस्को, पब, दोहोरी साँझ, लाउन्ज बार) मा १८ वर्षभन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । प्रहरीका अनुसार नयाँ नियम जबर्जस्ती गरे बालबालिकासम्बन्धी ऐन २०७५, परिच्छेद ८, दफा ६६ को उपदफा ‘ख’ उल्लंघन गरेको मानिनेछ । कानुन उल्लंघन गरेको प्रमाणित भए कसुरदारलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुनेछ ।

उमेर खुल्ने कागजात बोक्नुपर्नेे
प्रहरीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रूपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरूलाई प्रवेश गर्न दिनेछन् । कुनै सञ्चालकले कानुन मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानुनबमोजिम कारबाही गर्ने एसएसपी लामाले बताए । उमेर नपुगेकाहरू जबर्जस्ती छिर्न खोजे उसलाई प्रहरीले पक्राउ गरी सम्झाइबुझाइ गरेर अभिभावको जिम्मा लगाउनेछ ।

‘हामीले कानुनको पालना गर्ने हो । कानुनले १८ वर्षभन्दामुनिकालाई बालबालिका भनेको छ । उनीहरूलाई मनोरञ्जन क्षेत्रमा न काम गर्न कानुनले छुट दिएको छ, मनोरञ्जन गर्न नै । त्यसो हुँदा जसले कानुनको उल्लंघन गर्छ, ऊ कारबाहीको भागीदार बन्नेछ,’ काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र  बोगटीले भने ।

‘कानुन कार्यान्वयन मात्र गर्न  खोजेका हौँ’


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले १८ वर्षभन्दा कम उमेरकालाई मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न कानुनले नै रोक लगाएकाले आफूहरूले यसको कार्यान्वयन मात्रै गर्न खोजेको जानकारी दिए । ‘भदौबाट लागू भएको नयाँ कानुनले १८ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ । बालबालिकासम्बन्धी ऐन २०७५ ले कुनै पनि बालबालिकालाई डिस्को, पब, दोहोरी साँझ, लाउन्ज बारलगायतका मनोरञ्जन क्षेत्रमा प्रवेशमा निषेध गरेको छ,’ उनले भने, ‘त्यसैले अब कुनै पनि बालबालिका चाहे मनोरञ्जन गर्न होस् या काम गर्ने उद्देश्यले । उनीहरू यस्ता क्षेत्रमा प्रवेश गर्न पाउँदैनन् ।’

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij