२०८३ साउन ९ शनिबार

हेटौँडामा एक वर्षकै अवधिमा ४४५ एचआइभी सङ्क्रमितको पहिचान, उपचारमा कमी हुँदैन : प्रम ओली

ई आर्थिक    शनिबार, मंसिर १५ २०७५
7.9K
Shares
हेटौँडामा एक वर्षकै अवधिमा ४४५ एचआइभी सङ्क्रमितको पहिचान, उपचारमा कमी हुँदैन : प्रम ओली

हेटौँडा, १५ मङ्सिर : प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको जानकारी दिनुभयो । अन्य प्रदेशमा भन्दा ३ नं मा एआरटी सेवन गर्ने सङ्क्रमित बढी छन् । यस प्रदेशमा चार हजार ५१२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् । “सन् २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले सङ्क्रमण घटेको छ, ६३ प्रतिशत बच्चाहरुमा हुने सङ्क्रमणमा पनि कमी आएको छ”, जनस्वास्थ्य प्रशासक डा गिरीले भन्नुभयो, “एड्सका कारण मृत्यु हुने सङ्ख्या पनि २३ प्रतिशतले कमी आएको छ, यो हाम्रा लागि उपलब्धि हो ।”

स्वास्थ्य निर्देशक डा यदुचन्द्र घिमिरेले सङ्क्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो । “नेपाल दिगो विकास लक्ष्यअनुरुप एचआइभी एड्स सङ्क्रमण न्यूनीकरण सबै उपाय अपनाइरहेको छ”, उहाँले भन्नुभयो, “विश्वमा एचआइभी सङ्क्रमणको दर बढ्दै गए पनि नेपालमा वर्षेनी कम हुँदै आएको छ ।”

‘एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष आज डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइँदैछ ।

एचआइभी एड्स सङ्क्रमितको उपचारमा कमी हुँदैन : प्रम ओली

काठमाडाँै, १५ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी÷एड्स सङ्क्रमितको उपचार कमी हुन नदिने बताउनुभएको छ ।
एकतिसौँ विश्व एड्स दिवसका अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराउनुभयो । “नेपालमा एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको छ, सबै सङ्क्रमितमा यो सेवा पु¥याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थालाई म आग्रह गर्दछु, सबै सङ्क्रमितले उपचार सेवा पाउनु पर्दछ,” प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमार्फत एचआइभी÷एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकता औँल्याउनुभयो । दिगो विकासका लक्ष्यले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij