२०८३ साउन ११ सोमबार

एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको बुढिबजारमा

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०७५
4.8K
Shares
एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको बुढिबजारमा

काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय पोखरा महानगरपालिका वडा नं २६, बुढिबजार कास्की स्थित बुढिबजार शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको एन आई सी एशिया बंैकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटन गर्नुभएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ ।

बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij