२०८३ साउन १० आइतबार

जोर विजोर प्रणाली आजबाट, कुन दिन जोर कुन दिन विजोर ?

ई आर्थिक    बिहिबार, मंसिर १३ २०७५
5.9K
Shares
जोर विजोर प्रणाली आजबाट, कुन दिन जोर कुन दिन विजोर ?

काठमाडौं : सडकमा चल्ने सवारी साधनमा १३ गते आज (विहीवार) बाट जोर–बिजोर प्रणाली लागू भएको छ । राजधानीको सडकमा मात्र लागू हुने यो प्रणाली आगामी शनिबारबाट सोमबारसम्म हुनेछ । काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन यो प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

सम्मेलनमा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाका लागि काठमाडौंको सवारी व्यवस्थापन यही प्रणालीबाट व्यवस्थित गर्न लागिएको हो ।

महाशाखाले दिएको जानकारी अनुसार आज र शनिबार बिजोर तथा भोलि र आइतबार जोर नम्बर प्लेटका सवारी साधन चल्न पाउने छन् । अत्यावश्यक सेवा, मिडिया तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने पनि महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij