२०८३ साउन ९ शनिबार

गरीबी निवारण कोषका उपाध्यक्ष र कार्यकारी निर्देशकद्वारा पदबहाली

ई आर्थिक    सोमबार, मंसिर १० २०७५
4.6K
Shares
गरीबी निवारण कोषका उपाध्यक्ष र कार्यकारी निर्देशकद्वारा पदबहाली

काठमाडौँ, १० मङ्सिर : गरीबी निवारण कोषका नवनियुक्त उपाध्यक्ष निर्मलकुमार भट्टराईले आज पदबहाली गर्नुभएको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते बसेको बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदबहाली कार्यक्रममा उपाध्यक्ष भट्टराईले कोषलाई नयाँ नीति र कार्यक्रमका साथ अगाडि बढाइने जानकारी दिनुभयो । राजनीति एवम् शिक्षण कार्यमा लामो समयदेखि क्रियाशील तेह्रथुम जिल्लाका भट्टराईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

यसैगरी कोषका कार्यकारी निर्देशक पदमा भूमिसुधार, गरीबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव छवि रिजालले पनि आज नै पदबहाली गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij