२०८३ साउन १० आइतबार

प्रतिस्पर्धीलाई शृंखला सिकाउँछिन् ‘नमस्ते नेपाल !

ई आर्थिक    शनिबार, मंसिर ८ २०७५
4.8K
Shares
प्रतिस्पर्धीलाई शृंखला सिकाउँछिन् ‘नमस्ते नेपाल !

उत्कृष्ट ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.६८ प्रतिशत पाप्त गरेकी छन्। उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुको ले ३३ हजार २ सय ९७ (३.३२प्रतिशत) र अमेरिकाकी मारिसा बटलरले ३१ हजार ८ सय २६ मत (०.०४ प्रतिशत) प्राप्त गरेकी छन्। मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ।

विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन्। उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन्। ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन्।

पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको थियो। सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन्।

मिस नेपाल बनेपनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वर्ल्डमा सहभागी भएकी छन्। उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वर्ल्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ।

शृंखलाका बुबा सांसद विरोध खतिवडाले छोरीका लागि आफूले पनि भोट गरिरहेको बताए। ‘दिनभर भोटमात्र गरेर बस्ने कुरा त भएन तर भोट चाहीं गरिरहेको छु’, उनले भने, ‘छोरीसँग दिनहुँ कुरा हुन्छ। त्यहाँको माहोलबारे छोरीसँग जानकारी लिइरहेको छु। प्रतिस्पर्धामा छोरी उत्साहित र विश्सस्त छे।’ आफ्नो देश चिनाउन छोरीले निकै मेहनत गरेकोमा उनले खुसी व्यक्त गरे। ‘शृंखला मिस वर्ल्ड बनोस् भन्ने चाहना परिवार मात्र होइन, सबै नेपालीको हो’, विरोधले भने, ‘मिस वर्ल्ड ब्युटी विथ ब्रेनको प्रतिस्पर्धा हो। यी दुवैमा छोरी अब्बल छ।’

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij