२०८३ साउन १० आइतबार

औषधि व्यवसायी सङ्घ प्रदेश संरचनामा

ई आर्थिक    मंगलबार, कार्तिक १३ २०७५
2.6K
Shares
औषधि व्यवसायी सङ्घ प्रदेश संरचनामा

 

काठमाडौँ : नेपाल औषधि व्यवसायी सङ्घ विधिवत् रुपमा प्रादेशिक संरचनामा गएको छ । सङ्घले आफ्नो विधानलाई संशोधन गरी साविकको अञ्चल कार्यालयलाई खारेज गर्दै प्रादेशिक संरचनामा गएको हो । नयाँ विधानअनुसार सङ्घको संरचना केन्द्र, प्रदेश र जिल्ला तहमा रहने सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घ स्थापना भएको करीब ४६ वर्षपछि भएको नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय समिति २८, प्रदेश समिति १९ र जिल्ला समिति ११ जनाको हुने र सोको कार्यकाल तीन वर्षको हुनेछ ।

सङ्घको नेपालगञ्जमा हालै सम्पन्न साधारणसभाले विधान संशोधन गरेको सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो । सङ्घका पूर्वअध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा विधान संशोधन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij