२०८३ साउन ९ शनिबार

मोबाइल बैंकिङ प्रयोगकर्ता वर्षमै दोब्बर

ई आर्थिक    सोमबार, कार्तिक १२ २०७५
2.3K
Shares
मोबाइल बैंकिङ प्रयोगकर्ता वर्षमै दोब्बर

गत वर्ष भदौसम्म यसको संख्या ७ लाख ८३ हजार थिए। ‘अबको बैंकिङ भनेको मोबाइल बैंकिङ सेवामा आधारित क्यासलेस सेवा हो’, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘यो बैंकको नवीन अध्याय हो। यसलाई सबैले अँगाल्न जरुरी छ।’ यो प्रविधि सजिलो र कम लागतको भएकाले पनि प्रयोग बढ्दै गएको हो।

यसले ग्राहकलाई बैंक र एटीएम धाउनु नपर्ने भएको छ। ‘यस प्रणालीमा केही जोखिम त छ। तर, जोखिम न्यूनीकरण तथा नियन्त्रण गर्दै अपनाउनुपर्ने छ’, उनले भने ‘यसको विकल्प छैन।’ अबको बैंकिङ प्रणाली नयाँ प्रविधिमा आधारित हुने सिटिजन इन्टरनेसल बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताए। ‘यो प्रविधिले बैंकमा गएर रकम डिपोटिज गर्ने र झिक्ने प्रवृति अन्त्य गर्छ’, उनले भने, ‘यसले कार्डको प्रयोगलाई घटाउँछ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमा विद्युतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुन सक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकले अनिवार्य रूपमा सूचना प्रविधि प्रणालीको लेखापरी क्षण गर्नुपर्ने उल्लेख गरेको छ। यसले भने केही हदसम्म सुरक्षाको विषयलाई सम्बोधन गर्ने देखिन्छ। त्यसका लागि ग्राहकलाई सुसूचीत गर्नु पनि जरुरी छ।

बैंकिङ क्षेत्र पछिल्लो समय प्रयोगमा आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड जस्ता प्रविधिले बैंकको लागत घटाएको ढुंगानाले बताए। यसले शाखा खोल्दा र कर्मचारी व्यवस्थापनमा हुने लागतसमेत घटाएको उनको भनाइ छ।

एकबाट अर्को बैंकमा पैसा पठाउन, बिल भुक्तान गर्र्न, डेबिट-क्रेडिट कार्डका लागि फारम भर्न, खातामा भएको रकम हेरफेर, अनलाइन किनमेल, बिजुली तथा पानीको बिल तिर्नसमेत यो सेवा लिन सकिन्छ। नेपालमा पछिल्लो समय विकास भएको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा चार वर्षअघिसम्म नगन्यरूपमा मात्रै प्रयोग हुँदै आएको थियो। विभिन्न निजी बैंकले आफ्ना ग्राहकलाई सेवा दिन भने यस्तो वालेट सुविधा प्रयोग गरेका थिए। केही बैंक र थोरै ग्राहकको पहुँचमात्रै यस्तो सुविधा पुगेको थियो।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij