२०८३ साउन ९ शनिबार

अदालतमा पनि छि¥यो अख्तियार, सहमहान्यायधिवक्ता सहित मालपोत कर्मचारी पक्राउ

ई आर्थिक    बुधबार, असोज २४ २०७५
4.3K
Shares
अदालतमा पनि छि¥यो अख्तियार, सहमहान्यायधिवक्ता सहित मालपोत कर्मचारी पक्राउ

काठमाडौँ, २४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले आज निजकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

यसैबीच आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij