२०८३ साउन ९ शनिबार

मुख्यमन्त्री शाहीको चीन भ्रमण उपलब्धिमूलक, सरकारले आफैं हवाई सेवा सञ्चालन गर्ने

ई आर्थिक    आइतबार, असोज १४ २०७५
4K
Shares
मुख्यमन्त्री शाहीको चीन भ्रमण उपलब्धिमूलक, सरकारले आफैं हवाई सेवा सञ्चालन गर्ने
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताउनुुभएको छ ।

साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आइपुुग्नु भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिनुभयो ।

“भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन निकै फलदायी बन्यो,” उहाँले भन्नुुभयो, “हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको छ ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति बमोजिम सम्भाव्यता अध्ययन भएलगत्तै प्रतिवेदन प्रदेश सरकारलाई बुुझाउँछ र केन्द्र सरकारसँगको सम्झौतापछि यो द्रुतमार्ग निर्माणको काम अगाडि बढ्छ ।”

हिल्सा–जमुनाहा द्रुतमार्ग कर्णाली विकास र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले यसलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले भ्रमणका क्रममा कर्णाली एयरलाइन्स स्थापना, पर्यटन पूूर्वाधारको विकास, जडीबुटी प्रशोधन, जलविद्युत् विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माणलगायतका महत्वपूर्ण विषयमा त्यहाँका प्रान्तीय सरकार तथा लगानीकर्तासँग छलफल भएको जानकारी पनि दिनुभयो ।

यसैगरी द्विदेशीय सीमा नाका निर्माणका बारेमा पनि चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको उहाँले बताउनुभयो ।

सिचुुवान प्रान्तका गभर्नर यिन लिको आंैपचारिक निमन्त्रणामा गतसाता चार सदस्यीय टोलीसहित चीन प्रस्थान गर्नुभएका मुख्यमन्त्री शाही त्यहाँ सम्पन्न १७ आँै वेष्टर्न चाइना इन्टरनेश्नल फेयर तथा बेल्ट र रोड डेभलेपमेन्ट कन्फेरेन्समा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij